बाँसबारी जग्गा प्रकरण : पब्लिक कम्पनीको समझदारी, निजी कम्पनी बनाएर हिनामिना
nayapatrikadaily.com · Sat Feb 03 00:14:00 GMT 2024
बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना गर्दा चौधरी समूहले पब्लिक कम्पनी बनाउने समझदारी गरी निजी कम्पनी बनाएर ठगी गरेको प्रहरीले जनाएको छ । सरकारी कम्पनीलाई च्याम्पियन फुटवेयर कम्पनीमा सेयर हाल्न लगाउँदा २४ प्रतिशत सर्वसाधारणलाई दिने भनेर समझदारी गरेकोमा त्यो सेयरको विवरण नै भेटिएको छैन ।
जुत्ता उत्पादनमा सरकारी कम्पनीलाई सहयोग गर्न भन्दै च्याम्पियन फुटवेयरले प्रस्ताव गरी १० रोपनी जग्गा लिएको थियो । सो कम्पनीमा चौधरी परिवारको ५१ प्रतिशत, बाँसबारी कारखानाको २५ र बाँकी २४ प्रतिशत सर्वसाधारणलाई दिने भनेर पब्लिक कम्पनी बनाउने समझदारी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)