मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति

gorkhapatraonline.com · Wed Jun 10 02:40:52 GMT 2026

नवलपुरमा मङ्गलबार साँझ आएको वर्षासहितको हावा हुरीले १५ घर गोठमा क्षति पुर्‍याएको छ । बिनयी त्रिवेणी गाउँपालिका–१ सिसेनीका १७ वटा घर र २ वटा गोठमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षासहित आएको हावा हुरीले सिसेनीका भोज बहादुर खनगाहा, मोतिराम खाति, धनिसरा सोमै मगर, मनबहादुर राना, पार्वती बिक, रुपा बिक, केम बहादुर बिक, शेर बहादुर दराई, कमला कुमाल, शेर बहादुर कुमाल, दिपेन्द्र ढेंगा र कान्छा कुमालको घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)