मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसमा देउवालाई फेरि सक्रिय बनाउन खोजिँदै

ekantipur.com · Mon Nov 10 17:20:35 GMT 2025

काठमाडौँ — पार्टी महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने मुद्दाले निकास नपाइरहेका बेला कांग्रेसमा सभापति शेरबहादुर देउवालाई सक्रिय बनाउने प्रयास सुरु भएको छ । महाधिवेशनबारे बढ्दो विवादले पार्टी विभाजनसम्म हुन सक्ने जोखिम देखाउँदै मध्यमार्गी धारमा रहेका संस्थापन पक्षका केही नेताले देउवाको सक्रियतामा जोड दिन थालेका हुन् ।

जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा र उनकी पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा हाल सिंगापुरमा उपचाररत छन् । उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर उनी १० कात्तिकमा सिंगापुर गएका थिए । देउवा फर्कने बेलासम्म पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सकिएको छैन । न त बैठकले महाधिवेशनबारे कुनै टुंगो नै लगाउन सकेको छ । देउवा यसै साता स्वदेश फर्कने कार्यक्रम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)