बेलिङहमले जिते ‘गोल्डेन ब्वाई अवार्ड’
lokaantar.com · Sat Nov 18 01:17:37 GMT 2023
स्पेनिस क्लब रियल म्याड्रिडका प्रभावशाली मिडफिल्डर जुड बेलिङहमले २०२३ को गोल्डेन ब्वाई अवार्ड जितेका छन् । बायर्न म्युनिखका जमल मुसिएला, आरबी लाइपजिगका जाभी सिमोन्स, बेन्फिकाका एन्टोनियो सिल्भा र बार्सिलोनाका अलेजान्ड्रो बाल्डेलाई पछि पार्दै बेलिङहाले अवार्ड जितेका हुन् ।
बेलिङहमले डिसेम्बर ४ मा टुरिनमा आयोजना हुने एक समारोहमा अवार्ड प्राप्त गर्नेछ । २० वर्षीय बेलिङहमले इङ्ल्यान्ड, बोरुसिया डर्टमन्ड र रियल म्याड्रिडका लागि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)