एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
barnanmedia.com · Wed Jun 10 02:41:27 GMT 2026

एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज (जेठ २७ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँ मूल्यको ७ लाख ९० हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर निष्कासन तथा बाँडफाँट गरिसकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)