सजाइँदै राजधानीका छठ घाट, गौरीघाट–गुह्येश्वरी क्षेत्रमा झिलीमिली
lokaantar.com · Fri Nov 17 16:50:57 GMT 2023
पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरबाट–गौरीघाट चोकसम्म दीपावलीअघिदेखि नै झिलीमिली बत्तीले उज्यालो बनाइएको छ । तिहारको उज्यालो छँदैथियो यसवर्षदेखि छठलक्ष्यित दीपावली पनि यस क्षेत्रमा थपिएको छ ।
वाग्मती नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गर्ने गरी तयारी गरिएको छठ पूजा समिति, गुह्येश्वरीले जनाएको छ । छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाउने तयारी गरिएको हो । प्रत्येक वर्ष छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लाग्ने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)