मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बबई नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह 

baahrakhari.com · Sun Aug 15 00:54:00 GMT 2021

काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहँदा मनसुन थप सक्रिय भएको छ । आज बिहान प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखी पूर्ण बदली रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)