राज्य संरचनामा नयाँ प्रविधिलाई बुझ्ने मान्छे हुनुपर्छ: सिके राउत (भिडिओ)
setopati.com · Sat Feb 11 10:29:55 GMT 2023
जनमत पार्टीका अध्यक्ष सिके राउतले राज्यको संरचनामा नयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकनका क्रममा राउतले राज्यका संरचनामा सूचना, प्रविधिका नयाँ–नयाँ कुराहरूलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका हुन्।
सूचना प्रविधि क्षेत्रमा नबुझेको मानिस हुँदा हाँस्यास्पद घटना पनि भएको उनले उदाहरण समेत दिएका थिए।
‘छिमेकी मुलुकहरूमा कम्प्युटर प्रयोग गर्न हुन्न भन्ने खालको अभिव्यक्ति दिने व्यक्ति प्रदेशको शीर्षस्थ स्थानमा हुनुहुन्थ्यो,' उनले भने, 'यो किन हुन्छ भन्दाखेरी सूचना र प्रविधि क्षेत्रको विषयमा जानकार नभइदिँदाखेरी हाँस्यास्पद स्थितिहरू पनि हामीले देख्ने गरेका छौं।'
यस्तै, उनले राजनीतिक ठाउँमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भए प्रविधिको विस्तार गर्न सहज हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)