‘उपलब्धीको रक्षा गर्नु हामी सबैको कर्तव्य हो’
lokaantar.com · Sun Feb 19 00:13:26 GMT 2023
उपराष्ट्रपति नन्दबहादुर पुनले लामो संघर्षपछि प्राप्त उपलब्धीको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् ।
“प्रजातन्त्र प्राप्तिपछि पनि नेपाली जनताले विभिन्न कालखण्डमा ऐतिहासिक जनआन्दोलन तथा सशस्त्र संघर्ष गर्नुप¥यो । ऐतिहासिक आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था लगायतका राजनीतिक उपब्धीहरु संस्थागत भइसकेका छन् । यी उपलब्धीहरुको संरक्षण तथा रक्षा सबै नेपालीको कर्तव्य हो” उनले सन्देशमा भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)