मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

क्यासेटलाई ‘डिजिटलाइज्ड’ गरिँदै

gorkhapatraonline.com · Thu Feb 22 00:43:52 GMT 2024

काठमाडौँ, फागुन १० गते । सङ्घीय संसद् सचिवालयले परम्परागत अभिलेख (क्यासेट) लाई ‘डिजिटलाइज्ड’ गर्ने प्रक्रिया अघि बढाएको छ । २०४८ सालयताका क्यासेटमा अभिलेख भएका संसद्का कामकारबाहीलाई एमपिथ्री फम्र्याटमा रूपान्तरणका लागि संसद् सचिवालयले एक निजी कम्पनीसँग सम्झौता गरेको छ । असार मसान्तसम्म काम सक्ने गरी सचिवालयले बुधबार आइग्लोब फाउन्डेसनसँग सम्झौता गरेको छ ।

२०४८ सालदेखि संविधान सभाको अवधिसम्मका करिब छ हजार पाँच सय क्यासेटलाई एमपिथ्री फम्र्याटमा रूपान्तरण गर्न लागिएको हो । डिजिटल अभिलेख राख्ने उद्देश्यले सचिवालयले यस्तो प्रक्रिया अघि बढाएको हो । आइग्लोबले प्रतिक्यासेट १२३ रुपियाँमा काम गर्ने गरी टेन्डर बिड गरेको हो । तीन कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)