घोराहीका विद्यालयहरु आइतबारदेखि सञ्चालनमा हुने
baahrakhari.com · Fri Nov 20 18:03:00 UTC 2020
दाङ । घोराही उपमहानगरपालिकाका विद्यालयहरू पर्सि (आइतबार) देखि सञ्चालनमा आउने भएका छन् । कोभिड १९ को सङ्क्रमणको जोखिमका कारण गत चैतदेखि यहाँका विद्यालयहरु बन्द थिए ।
आज (शुक्रबार) बसेको घोराही उपमहानगरपालिका शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय तथा यातायात सञ्चालन गर्ने र एकै सिफ्टमा सञ्चालन हुने विद्यालयले बिहान १० देखि दिउँसो साढे ३ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)