दार्चुलामा कोरोनाबाट एक पुरुषको मृत्यु
annapurnapost.com · Tue Oct 20 23:13:00 UTC 2020
दार्चुला : कोभिड १९ का कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका ५३ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए ।
उनले भेने ३/४ दिन पहिले ज्वरो आएर धनगढी गएका उनको उपचारका क्रममा त्यहाँस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि उनी धनगढी गएको तथा उतै मृत्यु भएको खुल्न आएको भट्टले बताए । उनको मृत्युपछि गरिएको कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)