सवारी दुर्घटनामा दुई जनाको मृत्यु
ekantipur.com · Sat Oct 21 16:59:08 GMT 2023
झापा — उत्तरी झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार मिनी ट्रक र स्कुटी ठोक्किँदा स्कुटी चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र स्कुटरको पछाडि बसेका ३६ वर्षीय रोशन लुङ्गेली मगरको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)