नेकपा एसको केन्द्रीय परिषद सदस्य एमाले प्रवेश
nepalpress.com · Thu Oct 26 16:36:35 GMT 2023
रूपन्देही । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा दाङ क्षेत्र नं। १ का इञ्चार्ज रामप्रसाद गैरे नेकपा एमालेमा फर्किएका छन् ।
दाङ लमहीमा आयोजित कार्यक्रममा समाजवादी परित्याग गरी गैरे नेकपा एमालेमा प्रवेश गरेका हुन् । ‘समाजवादी पार्टीलाई जनताले अनुमोदन गरेनन् । फुटेर कम्यूनिष्ट आन्दोलनलाई अघि बढाउन सकिँदो रहेनछ । म मूलधारमा फर्किएँ’ सम्वोधनका क्रममा उनले भने, ‘समाजवादी मोर्चामा माओवादीको एकाधिकार हुन थाल्यो । त्यसले आन्दोलनलाई अघि बढाउन सकिँदैन । म एमालेमै फर्किने निधो गरेँ र अहिले पार्टी प्रवेशसमेत गरिसकेको छु । पार्टीले दिने जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)