फ्रान्समा ४ लाखभन्दा बढी सरकारविरोधी प्रदर्शनमा सहभागी
annapurnapost.com · Sat Oct 24 21:22:11 GMT 2026

काठमाडौं : फ्रान्समा शनिबार भएका प्रदर्शनमा चार लाखभन्दा बढी मानिस सहभागी भएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर करिब चार लाख १० हजार मानिस सडकमा उत्रिएका थिए । तीमध्ये करिब एक लाख १० हजार जना राजधानी पेरिसमा सहभागी भएका थिए । यो संख्या गत सप्ताहान्त पेरिसमा भएको प्रदर्शनमा सहभागी हुनेको हाराहारीमा रहेको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)