भाँडिएको पर्सा एमालेको अधिवेशन चैतमा गर्न नेताको दौडाहा
rajdhanidaily.com · Thu Mar 14 23:35:06 GMT 2024
वीरगन्ज । दुईवर्ष अगाडी भाँडिएको एमाले पर्साको जिल्ला अधिवेशन यो चैत महिना भित्रै गर्ने गरी पर्सामा एमालेका ठूला नेताको दौडाहा सुरु भएको छ । एमाले पार्टी पंतिका ठूला नेताहरुको जिल्ला दौडाहासँगै एमाले पर्साका स्थानीय नेता कार्यकर्तामा कृयाशिलता बढाई प्रथम प्रतिनिधि परिषद् बैठक गरिएको हो ।
दुईवर्षको अन्तरालमा जयप्रकाश थारु र डा.विश्वम्भर शर्मालाई जिल्लाको संयोजक बनाई पार्टीका पछिल्ला गतिविधि गर्दै आएको एमालेले कार्यकारी जिल्ला समितिको अभाव झेल्दै आएको थियो । यो अभावलाई पूर्ति गर्न अब भने एमाले सृकय भई पर्सा जिल्लाको अधिवेशन गर्ने तयारीमा जुटेको छ । पूर्व तयारी स्वरुप गरेको बिहिबारको प्रथम प्रतिनिधि परिषद् बैठकमा एमालेका महासचिव शंकर पोख्रेल, सचिव योगेश भट्टराई लगायत पोलिट व्यूरो सदस्यहरु पुरुषोत्तम पौडेल, अच्युत मैनाली, केन्द्रिय सदस्यहरु प्रभु हजारा, निर्मला देवकोटा, राजकुमार गुप्ता लगायतको समेत सकृय सहभागिता रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)