मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पैसा कमाउँदैमा सम्मान पाइन्छ ?

ekantipur.com · Thu Feb 08 00:49:08 GMT 2024

अथाह पैसा कमाउदैमा वा धनी बन्दैमा समाजले सम्मान दिन्छ र ? धन सम्पत्ति र सम्मान भनेको एउटै हो र ? समाजले दिने सम्मान र पैसा नितान्त अलग कुरा हुन । व्यक्तिले पैसा कसरी कमाएको छ ? सहज तरिकाले राजस्व तिरेर वा कालो धनलाई सेतो बनाएर वा अनियमित तरिकाले कमाएको छ ? त्यो पनि हेर्छ समाजले ।

अनि कमाएको सम्पत्ति यही समाजको उत्थान र हितमा कति खर्च गरेको छ ? समाजले त्यो पनि मूल्यांकन गर्छ । समाजबाट सम्मान पाउन र जनताको मन जित्न सहज र कानुनी बाटो अपनाएर पैसा कमाएको प्रमाणित हुनुपर्छ । यस मामिलामा हाम्रा उद्योगपतिहरू कहाँ छन् ? उनीहरू स्वयंले आत्मसमीक्षा गर्नुपर्छ । आत्मसमीक्षा गर्न गारो परे छिमेकी मुलुकका खर्बपति उद्यमीबाट र त्यो नभए अलि टाढाको उद्योगपतिलाई हेर्न सक्नुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)