मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालुवाटारको दबाबमा मेडिकल कलेज सञ्चालकहरूको सम्पत्ति छानबिन प्रभावित

nayapatrikadaily.com · Sat Jan 01 00:50:00 GMT 2022

एमबिबिएसका विद्यार्थी ठगी गरेका मेडिकल कलेज सञ्चालकमाथिको छानबिन राजनीतिक दबाबले रोकिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सबै मेडिकल सञ्चालकमाथि दुई वर्षअघि नै विस्तृत छानबिन थालेको थियो । सम्पत्ति रोक्काको चरणमा पुगेर पनि विभागले अनुसन्धानलाई तीव्रता दिन सकेको छैन । स्रोतका अनुसार बालुवाटारले चासो देखाएपछि छानबिन प्रभावित बनेको छ ।

अदालतमा ठगीको मुद्दा नै खेपिरहेका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालमाथि विभागले प्राथमिकताका साथ छानबिन थालेको थियो । प्रारम्भिक छानबिनमै उनको सम्पत्ति करिब एक अर्ब भेटिएको थियो । त्यसको तुलनामा सरकारलाई न्यून मात्र कर तिरेकाले उनीसँग स्रोत नखुलेको सम्पत्ति रहेको प्रारम्भिक निष्कर्ष थियो । त्यतिवेला पनि प्रधानमन्त्री तहबाटै दबाब आएर बयान रोकिएको स्रोतको दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)