मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पीएसजीका लागि एमबापेको कीर्तिमानी गोल

ekantipur.com · Sun Apr 16 00:55:17 GMT 2023

पेरिस — केयलिन एमबापे शनिबार पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् । उनको कीर्तिमानी गोलको मदतले पीएसजीले फ्रान्सेली लिग वानमा दस खेलाडीमा सीमित लेन्सलाई ३–१ ले हरायो ।

यो जितले पीएसजी शीर्ष स्थानमा पाँच अंकले अगाडि रह्यो । एमबापेले ३१ औं मिनेटमा गोलको खाता खोले र यो उनको १ सय ६९ लिग खेलमा १ सय ३९ औं गोल हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)