लैंगिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी
nepalnews.com · Wed Jul 01 12:51:49 GMT 2026

काठमाडौँ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैंगिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी छन्।
राष्ट्रियसभाको बैठकमा ‘प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी संकल्प प्रस्ताव’ का सम्बन्धमा सांसदहरूले राखेको जिज्ञासाको जवाफमा उनले कानुनमा समसामयिक सुधार आरम्भ भएको जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)