अनुमति लिएर राखिएका अधिकांश हतियारको नवीकरण हुन बाँकी
pahilopost.com · Tue Dec 08 17:15:21 UTC 2020
चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति लिएर राखिएका हतियारमध्ये १४९ थानको नवीकरण नभएको जनाएको छ। यहाँ व्यक्ति र संस्था गरेर १७३ जनाले १९९ वटा हतियार अनुमति लिएर राखेका थिए। तीमध्ये ३१ संस्था वा व्यक्तिले ४६ थानको मात्र नवीकरण गरेको कार्यालयका खरिदार रुपेश ज्ञावलीले जानकारी दिए।
उनका अनुसार जिल्लामा अनुमति लिएर राखिएका हतियारमध्ये एउटाको ठाउँसारी र तीन वटाको लागत कट्टा गरिएको छ। लगत कट्टा गरिएका हतियार नेपाल सरकारले लिइसकेको छ। स्थानीय प्रशासनले पटक-पटक हतियार नवीकरणका लागि आह्वान गरेको भए पनि नवीकरणका लागि आउनेको संख्या कम रहेको कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)