मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली जुम्लामा
ekantipur.com · Sat Sep 23 16:35:18 GMT 2023
जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मेरुदण्डको विशेषज्ञहरुको टोली पुगेको छ । धरानदेखि बिर्तामोडसम्मका १४ जना विशेषज्ञहरुको टोली जुम्ला आइपुगेको हो ।
टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ र एमबीबीएस डाक्टरहरु गरेर ३० जनासँग मेरुदण्डको रोग र उपचारका बारेमा छलफल गरेको अस्पताल निर्देशक डा. पुजन रोकायाले जानकारी दिए । उनीहरुलाई स्पाइन क्याडाभेरिक कोर्स पनि पढाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)