फाइनलका लागि हैदरावादले दिल्लीसँग खेल्ने, बैंग्लोर आउट
nepallive.com · Fri Nov 06 17:45:00 UTC 2020
काठमाडौं- सनराइजर्स हैदरवादले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा फाइनल प्रवेशको लागि दिल्ली क्यापिटल्ससँग खेल्ने भएको छ। शुक्रबार राति प्लेअफको इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै हैदरावाद दोस्रो क्वालिफायरमा पुगेको हो।
१३२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको हैदरवादले १९.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो। हैदरावादको जितमा केन विलियम्सनले अर्धशतकीय पारी खेले। उनले ४४ बलमा अविजित ५० रन बनाए। त्यस्तै, जासन होल्डरले अविजित २४ रन बनाउँदा मनिष पाण्डेले पनि २४ रन नै बनाएका थिए। बलिङतर्फ बैंग्लोरका मोहम्मद सिराजले दुई विकेट लिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)