राष्ट्रपतिको निर्णयलगत्तै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकष्मिक बैठक
farakdhar.com · Fri May 21 18:14:42 GMT 2021
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। संविधानको धारा ७६ (५) अनुसार ओली र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले गरेको दाबी नपुगेको निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीले गरेपछि मन्त्रिपरिषद् डाकिएको हो।
राष्ट्रपतिको कार्यालयबाट नयाँ प्रधानमन्त्रीको छिनोफानो हुन समय लगाएपछि क्वार्टरमा पुगिसकेका मन्त्रीहरु अहिले बालुवाटार जाँदैछन्। यो बैठकमा संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा विघटनको निर्णय हुन सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)