घनश्याम भुसाल भन्छन–अध्यक्षमण्डलले के निर्णय गर्यो थाहा छैन, त्यसपछि मात्रै निर्णय गर्छु
nayapatrikadaily.com · Sun Nov 28 18:09:00 GMT 2021
एमाले नेता घनश्याम भुसालले निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेकोबारे आफूलाई थाहा नभएको बताएका छन् । उनले आइतबार अबेर पत्रकारसँग अध्यक्षमण्डलले बन्दसत्रलाई निर्वाचन प्रक्रिया अगाडि बढ्ने जानकारी गराएपछि मात्रै उम्मेदवारी दिने बारेमा टुंगोमा पुग्ने बताए ।
‘प्रेसका धेरै साथीहरुले सोधिरहनुभएको छ । तर, मलाई निर्वाचन आयोगले निर्वाचन कार्यतालिका प्रकाशन गरेको बारेमा केही जानकारी छैन । किनभने अध्यक्षमण्डलले बन्दसत्रलाई प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने नै जानकारी गराएको छैन । त्यसैले त्यो जानकारी आएपछि उम्मेदवारीबारे बताउने छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)