लामो प्रतीक्षा तोड्दै आर्मी पहिलोपल्ट च्याम्पियन
ekantipur.com · Sun Feb 04 00:37:49 GMT 2024
पोखरा — लामो प्रतीक्षा तोड्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब अन्ततः पहिलोपल्ट आहा–रारा पोखरा गोल्डकप फुटबलको च्याम्पियन बनेको छ । पाँचपल्टको विजेता थ्रीस्टार क्लबलाई शनिबार फाइनलमा ३–० ले पराजित गर्दै आर्मीले पोखराको उपाधिविहीन अवस्था अन्त्य गरेको हो ।
यसअघि चारपल्ट फाइनल पुगेर पनि उपाधि जित्न नपाएको आर्मीले २३ औं संस्करणमा भने थ्रीस्टारसँग पाँच वर्षअघिको बदला लियो । ०७५ सालमा थ्रीस्टारसँगको फाइनलमा आर्मी टाइब्रेकरमा पराजित भएको थियो । त्यतिबेला थ्रीस्टारको प्रशिक्षक रहेका मेघराज केसीले अहिले आर्मीलाई सम्हाल्दै उपाधि दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)