धर्मेन्द्रलाई विदेशमा लाइफ टाइम अचिभमेन्ट अवार्ड
baahrakhari.com · Thu Dec 24 18:08:00 UTC 2020
मुम्बई । बलिउडका हि-म्यान उपमा पाएका दिग्गज कलाकार धर्मेन्द्रलाई अमेरिकाले सम्मान गरेको छ । अमेरिकाको न्युजर्सीका सिनेट र जनरल एसेम्बलीले उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने निर्णय लिएको हो ।
हिन्दी चलचित्रमा प्रदान गरिएको अतुलनीय योगदानका लागि उनलाई यो अवार्ड प्रदान गरिएको हो । अभिनेता धर्मेन्द्रले अभिनयको ६ दशकको करियरमा ३०० भन्दा पनि बढी चलचित्रमा काम गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)