साथीको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ
khabarhub.com · Sun Nov 08 17:11:31 UTC 2020
काठमाडौं- ललितपुर बालकुमारी डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका-२ गरास घर भएका आफ्नै साथी ३३ वर्षीय हरि खड्काको हत्यामा संलग्न फरार अभियुक्त मकवानपुर गढी गाउँपालिका-१ बस्ने २८ वर्षीय कुमार भन्ने मान कुमार थिङलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७६ साउन २८ गते ललितपुर, ललितपुर महानगरपालिका-९ गुहे पोखरीमा खड्काको हत्या गरेको अवस्थामा शव फेला परेको घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न थिङलाई मकवानपुर गढी गाउँपालिका-१ ठाँटीटोलबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)