गोर्खाको ‘अग्निपथ’ भर्नामा सरकार मौन
ekantipur.com · Wed Aug 24 00:31:17 GMT 2022
काठमाडौँ — ‘अग्निपथ’ योजनाअनुसार नयाँ सैन्य भर्तीमा सहजीकरण गरिदिन भारतले पठाएको पत्रमा नेपाल सरकार दुई महिनादेखि प्रतिक्रियाविहीन छ । भारतले जेठ अन्तिममा पठाएको पत्रअनुसार नेपालमा ‘अग्निवीर’ भर्ती सुरु हुन अब एक दिन मात्र बाँकी छ तर यसबारे के गर्ने भन्ने धारणा नेपाल सरकारले बनाएको छैन ।
समग्र भारतीय सैनिक अब ‘अग्निपथ’ योजनाबाट भर्ती गर्ने नीतिअनुसार गोर्खा सैनिकको ‘पथ’ पनि त्यही हो । भर्तीका लागि सहजीकरण गरिदिन भारतीय सेनाले काठमाडौंस्थित दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई ३१ जेठमा नै पत्राचार गरेको थियो । भारतीय सेनाले भदौ ९ मा बुटवल र भदौ १६ मा धरानमा भर्ती शिविर सञ्चालन गर्न खोजेको छ । तर, यो विषयमा सरकारले कुनै प्रतिक्रिया नदिएको परराष्ट्रका अधिकारीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)