कम्युनिस्टहरू यता खटपट, उता सफल
janaaastha.com · Sat Nov 14 17:05:36 UTC 2020
निर्वाचनमार्फत दुइतिहाइको सरकार चलाउन सफल नेकपाको सरकार र पार्टी यतिखेर धारामराउँदो अवस्थामा पुगेको छ । नेताहरू एकले अर्कालाई आरोप प्रत्यारोप लगाउन थालेका छन् । उता, राष्टृय राजनीतिमा कमजोर मानिएको भारतिय कम्युनिस्ट पार्टीहरूले भने यसपाली बिहारमा सम्पन्न बिधानसभाको निर्वाचनमा अघिल्लो बर्षको तुलनामा बढी सफलता हासिल गर्न सफल भएका छन् ।
यसपालिको निर्वाचनमा भारतिय कम्युनिस्ट पार्टिका तीन घटक भाकपा, माकपा र भाकपा (माले-लिबारेशन)’महागठबन्धन’मा सामेल भएका थिए । उक्त गठबन्धनका मुख्य घटक लामो समय बिहारको राजनीतिका खेलाडी लालु यादबको राष्टृय जनाता दल र भारतिय राष्टृय कंग्रेस हुन् । लालुका छोरा तेजस्वी यादबको नेतृत्वमा निर्वाचन लडेको यो महागठबन्धनले २ सय ४३ सदस्यिय बिधान सभामा १ सय १० सिट जितेको छ । राजदले ७५, कंग्रेसले १९ जितेको छ भने सबै भन्दा बढी सफलता भाकपा (माले-लिबारेशन)को पोल्टामा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)