मापदण्डको मसौदा मन्त्रीपरिषद्बाट स्वीकृत
gorkhapatraonline.com · Wed Jun 10 03:16:11 GMT 2026

स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्ड २०८३ को मसौदालाई सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले मसौदा स्वीकृत गर्ने निर्णय गरेको हो । स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्ड बनेपछि प्रदेशका सबै स्थानीय तहलाई आवश्यक जनशक्तिका लागि आफैँ दरबन्दी निर्धारण गर्न सक्ने बाटो खुल्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)