कक्षा ११ मा भर्ना हुने छात्रालाई पोसाक दिने निर्णय
ajakoartha.com · Sun May 17 07:44:00 GMT 2026

काठमाडौं - दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ ले कक्षा ११ मा अध्ययन गर्ने छात्राहरुलाई विद्यालय पोसाक उपलब्ध गराउने निर्णय गरेको छ । एसईई परीक्षामा उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुने वडा भित्रका छात्राहरुलाई पोसाक प्रदान गर्ने निर्णय गरेको वडा अध्यक्ष मान बहादुर रावतले जानकारी दिएका छन् ।
वडाअन्तर्गत रहेका अमर माध्यमिक विद्यालय र शान्ति माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना हुने छात्राहरुलाई लक्षित गरी यस्तो निर्णय गरिएको वडा अध्यक्ष रावतले जानकारी दिए । साथै वडा समितिले एसईई परीक्षामा उत्तीर्ण गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उनीहरुको उज्ज्वल भविष्यको कामना समेत गरेको वडा अध्यक्ष रावतले बताए । वडाले छात्रा शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्तो निर्णय गरिएको बताउदै वडा अध्यक्ष रावतले यो सुविधान लिनका लागी छात्राहरुलाई आग्रह समेत गरेका छन् । ११ वडाको यस्तो निर्णयको सबैतिर प्रशंसा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)