मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एभरटनलाई हराउँदै आर्सनल बलियो

kendrabindu.com · Sun Oct 25 00:35:32 GMT 2026

लन्डन । आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार एभरटनलाई २–० ले हराउँदै आफ्नो स्थिति बलियो बनाएको छ। यस जितपछि आर्सनलको २१ अंक भएको छ र शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ। सिटी यसअघि एस्टन भिल्लासँग पराजित भएको थियो। त्यसको फाइदा आर्सनलले उठाएको हो।

इमिरेट्समा भएको खेलमा आर्सनलका लागि इजरी कोन्सा र ग्याब्रिएल मेगलहेसले १–१ गोल गरे। एभरटन भने १० अंकसहित नवौँ स्थानमा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)