प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली, सपथ आज
nepallive.com · Fri May 14 00:40:00 GMT 2021
काठमाडौं– नेपालको प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नै नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका रुपमा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई बिहीबार राति प्रधानमन्त्री नियुक्त गरेकी छन्।
ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको प्रधानमन्त्री नियुक्त भएका हुन्। प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सपथ भने शुक्रबार (आज) दिउँसो हुनेछ। यसअघि वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि ओली पदमुक्त भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)