मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीमा घुम्ती गोठको चहलपहल, लेकबाट बेँसीतर्फ झर्दै पशुचौपाया

tourismface.com · Sun Oct 25 00:54:00 GMT 2026

म्याग्दी । शरद् ऋतु सुरु भएसँगै चिसो बढ्न थालेपछि म्याग्दीका हिमाली चरन क्षेत्रबाट घुम्ती गोठहरू बेँसीतर्फ झर्न थालेका छन्। वर्षायाममा हिमालको फेदीसम्म पुगेर पशुचौपाया चराउँदै आएका किसान अहिले गाउँनजिकका खर्कमा फर्कन थालेका हुन्। यससँगै जिल्लाका विभिन्न ग्रामीण बस्तीमा परम्परागत पशुपालनको गतिविधि बढेको छ।

हिमाली क्षेत्रमा पाइने पोषिलो घाँसलाई बुकी भनिन्छ भने गाईवस्तु तथा अन्य पशु राख्ने चरन क्षेत्रलाई खर्कका रूपमा चिनिन्छ। धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिनासम्म पशु चराएपछि गोठलाई गाउँनजिक सारेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)