मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यमन युद्धको मूल्य, साउदीमा सुरक्षा संकट

annapurnapost.com · Sun Oct 25 00:46:52 GMT 2026

दुबई: यमनमा चर्किएको युद्धले अहिले त्यहाँका सर्वसाधारणको जीवनमात्र होइन, साउदी अरबको राष्ट्रिय सुरक्षा, मध्यपूर्वको शक्ति सन्तुलन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक रणनीतिलाई समेत चुनौती दिएको छ। हुथी विद्रोहीका आक्रमण साउदी अरबका विमानस्थल र तेल पूर्वाधारसम्म पुगेपछि रियादले बाह्य सुरक्षा सहयोगको आवश्यकता महसुस गरेको हो।

तर, यस्तो सहयोगका लागि इजरायलसँग खुला रूपमा हात मिलाउने प्रश्नले साउदी नेतृत्वलाई कठिन रणनीतिक छनोटको सामना गराएको छ। अक्टोबर २०२६ को दोस्रो सातामा रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घातक आक्रमण र साउदी तेल कम्पनी अराम्कोका पूर्वाधारलाई लक्षित गरी भएका हमलाले यो संकटलाई नयाँ चरणमा पु¥याएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)