दुई बालबालिकाको मृत्यु
baahrakhari.com · Sun Apr 12 17:14:00 UTC 2020
झिमरुक । प्यूठानमा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नम्बर १ बाङ्गेसाल रावल टोलमा आइतबार अपराह्न घरमा मृतावस्थामा उनीहरु फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक पोषण ढकालले बताए ।
मङ्गले धामीका दुई वर्षीय छोरा गौरव र पाँच वर्षीया छोरी सिर्जना एकसाथ घरमै रहस्यमय रुपमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । सर्पको टोकाइ वा विष सेवनबाट घटना भएको हुन सक्ने स्थानीयवासीको भनाइ छ । दुवै शव परीक्षणका लागि प्यूठान अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)