कर्णालीको सुर्खेतमा सवारी दुर्घटनाबाट मृ*त्यु हुनेको सङ्ख्या उच्च
nagariknews.nagariknetwork.com · Sun Oct 25 00:43:17 GMT 2026

कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्या सुर्खेतमा भएको पाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आर्थिक वर्ष २०८२/०८३ को अभिलेखमा सवारी दुर्घटनाबाट सुर्खेतमा २४ पुरुष, नौ महिला र चार बालक गरी ३७ जनाको मृत्यु भएको उल्लेख गरिएको छ।
रुकुमपश्चिममा १२ पुरुष, चार महिला, दुई बालक र चार बालिका गरी २२ तथा सल्यानमा १७ पुरुष, तीन महिला र एक बालक गरी २१ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)