मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी केन्द्रीय समिति बैठक आज बस्दै : साङ्गठनिक विषय कार्यसूची

ratopati.com

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । आजको बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय हुने कार्यालय सचिव श्रीराम ढकालले बताएका छन् । शुक्रबार बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

गत पुस १८ गते माओवादीको आठौँ महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो । लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो। तर त्यस यता माओवादीले अन्य पदाधिकारी हालसम्म चयन गर्न सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)