युक्रेनमा रुसको आक्रमण, नेपालको विरोध सुरक्षित तर त्रासमा छन् नेपाली
nayapatrikadaily.com · Fri Feb 25 00:20:00 GMT 2022
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान युक्रेनविरुद्ध अपरेसन गर्न आदेश दिएसँगै रुसी सेनाले युक्रेनका मुख्य सैन्य बेसमा क्षेप्यास्त्र प्रहार गरेको छ । राजधानी किभसहित मुख्य सहरमा बम बिस्फोटका घटना भएका छन् । स्थल, हवाई र सामुद्रिक सबै स्थानबाट युक्रेनविरुद्ध भएको रुसी आक्रमणमा बिहीबार साँझसम्म ४० जना युक्रेनी सैनिक र केही सर्वसाधारणको मृत्यु भएको छ ।
रुसी बाहुल्य पूर्वी युक्रेनका डोनेत्स्क र लुहान्स्क क्षेत्रलाई रुसले अलग देशको मान्यता दिँदै त्यस क्षेत्रमा सेना परिचालन गर्न आदेश दिएपछि त्यस क्षेत्रमा रुस र युक्रेनबीच तनाव बढ्दै आएकोमा बिहीबार रुसले आक्रमण गरेको हो । रुसको युद्ध घोषणासँगै युक्रेनले एक महिना मार्सल (सैनिक) कानुन लागू गरेको छ र सबै नागरिक उड्डयन बन्द गरेको छ । सार्वभौम मुलुक युक्रेनविरुद्ध भएको रुसी आक्रमणप्रति अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)