प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ गतेसम्मको समय
ratopati.com
संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको शुक्रबार बसेको प्रारम्भिक बैठकले प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सार्वजनिक सूचना प्रकाशन गरिएको हो ।
उजुरीका लागि वैशाख १२ गतेसम्मको समय दिइएको छ । प्रस्तावित राजदूत उक्त पदमा किन नियुक्त हुन योग्य छैन भन्ने आधार र कारणसहित सरोकारवालाले उजुरी दिन सक्नेछन् । उजुरीकर्ताले समिति सचिवालयमा इमेल तथा स्वयं उपस्थित भएर सूचना दिन सक्नेछन् । साथै, ७७ जिल्ला प्रशासन कार्यालयबाट पनि पदाधिकारीविरुद्ध उजुरी दिन सक्ने समिति सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)