कस्तो रहनेछ आज दिनभरको मौसम ?
kendrabindu.com · Sun Oct 25 01:17:57 GMT 2026

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।महाशाखाका अनुसार आज (आइतबार) दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागको मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जानकारी दिएको छ । आइतबार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)