मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माटो अभावले पेसा सङ्कटमा

gorkhapatraonline.com · Wed Jun 10 03:21:12 GMT 2026

माटोको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका बाँके जिल्लाका रैथाने कुम्हार समुदायले बर्सौंदेखि व्यावसायिक रूपमा प्रयोग गर्दै आएको माटो उत्खननमा रोक लागेपछि परम्परागत पेसा सङ्कटमा परेको छ ।

माटो अभावले माग अनुसारका भाँडा बनाउन नसकेपछि कुम्हार समुदायको पुख्र्र्यौली पेसा नै सङ्कटमा परेको हो । यो समस्याको स्थायी समाधानको माग गर्दै तराई कुम्हार समाज नेपालले नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टलाई ज्ञापनपत्र बुझाउँदै फुलटेक्रा तालबाट माटो उत्खनन गर्न पाउने व्यवस्था मिलाइदिन माग गरेको छ । तराई कुम्हार समाज नेपाल बाँकेका अध्यक्ष रमेशचन्द्र कुमालले तत्काल माटोको व्यवस्था नगरिए समुदायलाई पेट पाल्नसमेत समस्या हुने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)