मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झोलुङ्गे पुलमा जाम, छैन सुरक्षा मापदण्ड

gorkhapatraonline.com · Sat Oct 24 23:58:35 GMT 2026

भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गते आएको हिमबाढीले धेरै ठाउँमा पक्की पुल बगाएपछि दुईपाङ्ग्रे सवारीसाधनका चालकले विकल्पका रूपमा झोलुङ्गे पुल प्रयोग गर्ने गरेका छन् । झोलुङ्गे पुलमा समेत सवारी चाप बढेपछि दुईपाङ्ग्रे सवारीचालक पुल पार गर्नकै लागि लामो समयसम्म जाममा बस्नुपर्ने बाध्यतामा छन् । साथै सवारीको भार बढ्दै गर्दा झोलुङ्गे पुलमा समेत सुरक्षा चिन्ता बढेको छ ।

अहिले विशेष गरी त्रिशूली नदीबाट धादिङ र नुवाकोट जिल्ला आउजाउ गर्न मोटरसाइकलचालकले झोलुङ्गे पुल प्रयोग गर्ने गरेका छन् । बाढीले पक्की सडक बगाएपछि मोटरसाइकलचालकले सहज र छिटो यात्राका लागि नुवाकोटको बेलकोटगढी, त्रिशूलीसहित धादिङको मलेखुमा रहेको झोलुङ्गे पुल प्रयोग गरिरहेका छन् । अन्य समयमा सुनसान जस्तै रहने यी झोलुङ्गे पुलमा अहिले दैनिक जसो ठुलो जाम हुने गरेको छ । पुलमा पैदल र मोटरसाइकलको भिड उस्तै देखिन्छ । धादिङ सदरमुकाम धादिङबँेसी र पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलाको पुल बगाएपछि सदरमुकाम र आसपास जाने यात्रुले त्रिशूली नदीमाथिको झोलुङ्गे पुलबाट आवतजावत गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)