हराउँदै रैथाने बाली
gorkhapatraonline.com · Sun Oct 25 01:06:55 GMT 2026

हिमाली जिल्ला जुम्लामा परम्परागत रूपमा खेती हुँदै आएका रैथाने बाली पछिल्लो समय सङ्कटमा पर्न थालेका छन् । चिनो, कागुनो, फापर, कोदो र तिलखुरो जस्ता स्थानीय अन्नको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा रैथाने बिउ संरक्षणसमेत चुनौतीपूर्ण बन्दै गएको छ ।
पातारासी गाउँपालिका–६, घोडेसिनकी ६४ वर्षीया चुक्की महताराले जीवनभर खेतमा चिनो, कागुनो, फापर र तिलखुरो खेती गर्दै आउनुभयो तर पछिल्ला वर्षमा यी बालीको खेती पहिलेको जस्तो हुन छाडेको उहाँको अनुभव छ । पहिले घरको खेतमा विभिन्न रैथाने अन्न हुन्थे । अहिले ती बाली लगाउने खेत नै घट्दै गएका उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)