आरजु राणा र विष्णु पौडेल मिलाएर बनेका गभर्नरलाई जेनजी सरकारले किन हटाउँदैन? प्रधानमन्त्रीज्यू
barnanmedia.com · Sat Oct 18 21:35:25 GMT 2025

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल निकै ठूलो विवाद र गम्भीर प्रश्नहरूको यथोचित निरूपण नगरी नियुक्त भएका हुन् । उनी कुनै सामान्य विवाद होइन । सत्ताको साँठगाँठ, स्वार्थको मेलमिलाप र म्याच फिक्सिङबाट अघि आएका पात्र हुन् । निकै अपारदर्शी र सन्दिग्ध प्रकारको उदय भएका पात्र हुन् उनी ।
विश्व पौडेलको विवादको एउटा जरो केपी शर्मा ओलीको शासनकालमा पुग्छ, जब उनी गभर्नर चयनका लागि बनेको सर्च कमिटीका सदस्य थिए । त्यतिबेला तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आफ्नो मनपरी ढंगले चयन प्रक्रिया अघि बढाए । अन्ततः विष्णु र विश्वबीचको नजिकको सम्बन्ध र राजनीतिक साँठगाँठका कारण राष्ट्रको सबैभन्दा संवेदनशील वित्तीय निकायको नेतृत्व तिनै विश्व पौडेलको हातमा पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)