राजस्थानलाई हराउँदै कोलकाताले बनायो अघिल्लो चरणको सम्भावना
nepallive.com · Sun Nov 01 17:52:00 UTC 2020
काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) टी ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सलाई ६० रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले शीर्ष चारभित्र पर्ने सम्भावना जीवित राखेको छ। समूह चरणको अन्तिम खेलमा इओन मोर्गानको ब्याटिङ र पाट क्युमिन्सको बलिङ चल्दा कोलाकाताले खेल जितेको हो।
राजस्थान रोयल्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको कोलकाताले पूरा २० ओभर खेल्दै ७ विकेट जाँदा १ सय ९१ रन बनाएको थियो। जसमा शुभमन गिलले २४ बलमा ३६, राहुल त्रिपाठीले ३४ बलमा ३९, इओन मोर्गानले ३५ बलमा अविजित ६८, एन्ड्रे रसेलले ११ बलमा २५ रन बनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)