मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या सुर्खेतमा उच्च

kendrabindu.com · Sun Oct 25 01:42:47 GMT 2026

कर्णाली । कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना र मृत्यु हुनेको संख्या सुर्खेतमा उच्च पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आर्थिक वर्ष २०८२/०८३ को अभिलेखमा सवारी दुर्घटनाबाट सुर्खेतमा २४ पुरुष, नौ महिला र चार बालक गरी ३७ जनाको मृत्यु भएको हो ।

रुकुमपश्चिममा १२ पुरुष, चार महिला, दुई बालक र चार बालिका गरी २२ तथा सल्यानमा १७ पुरुष, तीन महिला र एक बालक गरी २१ जनाको मृत्यु भएकोे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगरले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)