सीमा नाका सुचारु गर्न परराष्ट्रमन्त्री खड्काकाे पहल
ekagaj.com · Tue Oct 19 16:57:59 GMT 2021
काठमाडौँ - परराष्ट्रमन्त्री डा. नारायण खड्काले तातोपानी र रसुवागढी नाका नियमित सुचारु गर्न व्यवस्थापन मिलाउन चिनियाँ सकमक्षी वाङ यीलाई आग्रह गरेका छन् । यसका साथै उनले दुई मुलुकको हवाई उडान पनि नियमित गर्न जोड दिएका छन् ।
नेपाल-चीन व्यापारमा नै असर गर्ने गरि सीमा नाका र हवाई सेवा अवरुद्ध भएको विषयलाई उनले उच्च तहमा नै उठाएका हुन् । मन्त्री खड्काले सोमबार बिहान चिनियाँ काउन्सिलर एवं विदेशमन्त्री वाङसँग एक घण्टा लामो टेलिफोन वार्ता गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)