सुर्ती सेवनबाट वर्षमा १९ हजार नेपालीकाे मृत्यु हुन्छ
rajdhanidaily.com · Sat Feb 06 17:52:24 UTC 2021
तथ्यांकअनुसार विश्वमा १ करोड ८१ लाख नयाँ क्यान्सरका रोगीहरू रहेको मानिएको छ । तीमध्ये वार्षिक ९६ लाखको मृत्यु हुने गर्दछ । नेपालमा क्यान्सर रोगीको तथ्यांक ६० हजारको हाराहारीमा रहेको छ । त्यसमा प्रत्येक वर्ष करिब २६ हजार थपिने गर्दछन् । तीमध्ये १९ हजारको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले हरेक ६ मृत्युमध्ये १ मृत्यु क्यान्सरबाट हुने बताउँछ । बालबालिकामा विश्वमा झन्डै ९० प्रतिशत क्यान्सर निको हुने भए पनि नेपालमा कान्ति अस्पतालमा ७० प्रतिशतसम्म मात्र निको भएको देखिएको छ । वार्षिक १ हजार ५ सय बालबालिकामा क्यान्सर हुने गरे पनि उपचारको पहुँचमा ४ सय मात्र छन् ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनले हुने रोगको उपचारमा वार्षिक ४० अर्ब बढी खर्च र कुल गार्हस्थ्य उत्पादनको १.५ प्रतिशत खर्च हुने गरेको छ । अध्ययनमा प्रमुख रोगमा क्यान्सर र श्वासप्रश्वाससम्बन्धी छ । क्यान्सर उपचारमै १६ प्रतिशत बिरामीले जायजेथा गुमाउन परेको र उपचार खर्चमा वार्षिक औसत आम्दानीभन्दा ५ गुणा बढी देखाएको छ । क्यान्सर उपचारमा ८६ प्रतिशतले आर्थिक कठिनाइ भोग्न बाध्य छन् भने १४ प्रतिशत ऋण लिन बाध्य छन् । सरदर साढे ३ लाख बढी खर्च उठने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)